विना काम बाहिर ननिस्किन सर्वसाधारणहरूलाई सेनाको आग्रह

२५ भाद्र २०८२, बुधबार ०८:४२

काठमाडौं । सेनाले राति देखि सुरक्षा दिइरहेको छ । सर्वसाधारणहरूलाई विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरूलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिंडडुल गर्न छुट दिएको छ ।

प्रदर्शनकारीले आगो लगाएको सरचनामा अझै आगो निभेको छैन। सेनाले सर्वसाधारणलाई ती स‌रचनमा प्रवेशमा रोक लगाएको छ ।

अन्य सरकारी एवं संवैधानिक निकायहरूमा पनि सेना लगायत सुरक्षाकर्मीहरू परिचालित हुन थालेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*