जेनजी आन्दोलनमा अर्बौ रुपैयाँको सम्पत्ति क्षति, बीमा दावी प्रक्रियामा जुट्दै बीमा कम्पनीहरु

२५ भाद्र २०८२, बुधबार १५:०१

काठमाडौं । यही भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा अर्बौ रुपैयाँको क्षति हुन पुगेको छ । राजधानी काठमाडौंको हिलटन होटलदेखि थापाथलीस्थित गाडी कम्पनीका शोरुमहरुमा रहेको थुप्रै सवारी साधनहरु, कैयौं घर तथा भवनहरुमा क्षति पुगेको छ ।

हालसम्म कुनै औपचारिक तथ्याङ्क प्राप्त नभए पनि अर्बौ रुपैयाँको भौतिक सम्पत्ति र थुप्रै मानिसको ज्यान गएको छ । अर्बौ क्षति र धनजनको क्षति भएको जेनजी आन्दोलनको बीमा दावी प्रक्रिया छरितो र सरल बनाउन बीमा कम्पनीहरु नियामक नेपाल बीमा प्रक्रियाले तयारी थालेको छ ।

बीमा प्राधिकरणका अनुसार सम्पत्ति बीमामा आतंकवाद तथा हुलदंगाको बीमा अनिवार्य गरिएकोले बीमा दावी भुक्तानीमा समस्या नहुने जनाएको छ । यस पटकको क्षति हुलदंगा तथा आतंकवाद अन्तर्गतबाट दावी भुक्तानी बढी हुने सम्भावना रहेको छ ।

नेपाल बीमक संघका अध्यक्ष बीरेन्द्र बैदावार क्षेत्रीले बीमा दावी प्रक्रिया छरितो र सरल बनाउन तयारी गरिरहेको बताए । बीमा दावी धेरै आउन सक्ने भएकोले कम्पनीले कसरी दावी प्रक्रिया अघि बढाउन सकिन्छ भनेर छलफल भइरहेको संघले जनाएको छ ।

आन्दोलनको क्रममा सवारी साधन, घर तथा भवनहरु, कार्यालय, शोरुम, गोदाम, होटलमा क्षति पुगेको छ । राजधानी उपत्यकामा मात्रै नभएर देशैभरिका विभिन्न उद्योग तथा पसल, घरहरुमा क्षति पुगेकोले बीमा दावी ठूलो मात्रामा पर्ने देखिन आएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*