नेपाली सेनाद्वारा कडा चेकिङ, अनुमति बिनाका नागरिकलाई जुन बाटो आयो सोहीतर्फ फिर्ता गरिदै

२६ भाद्र २०८२, बिहीबार १०:०२

काठमाडौं । काठमाडौं उपत्यकामा यतिबेला नेपाली सेनाले कडा चेकिङ सुरक्षा गरिरहेको छ । नेपाली सेनाले बैंक, बीमा तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई आवात–जावत गर्न दिने निर्णय कार्यान्वयनमा कडा चेकीङ गरिरहेको छ ।

काठमाडौंका विभिन्न स्थानमा नेपाली सेनाले चेकिङ पोष्ट खडा गरेर आवश्यकताको आधारमा आवत–जावत गर्न मिल्ने बाहेकका अन्य सबै सर्वसाधारणलाई जुन बाटो आयो सोही बाटोतर्फ फिर्ता गरिरहेको छ । नेपाली सेनाले सर्वसाधारणलाई आवश्यताबिना बाहिर ननिस्कन आग्रह गरेको छ ।

नेपाली सेनाले काठमाडौं उपत्यकामा कडा सुरक्षा उपलब्ध गराइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*