एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सिस्टममा समस्या, सर्वसाधारणलाई सास्ती

२६ भाद्र २०८२, बिहीबार १२:३५

काठमाडौँ । एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग सेवामा समस्या देखिएपछि देशभरका ग्राहकहरु प्रभावित भएका छन्। भदौ २५ गते साँझदेखि नै बैंकको मोबाइल एप सञ्चालनमा आउन सकेको छैन।

बैंकको एटिएममा समस्या देखिएको भएपनि हाल सो सेवा सुचारु भइसकेको बैंकले जनाएको छ। तर मोबाइल एप अझै सञ्चालनमा नआउँदा डिजिटल कारोबारमा निर्भर रहेका ग्राहकहरुलाई ठूलो कठिनाइ भएको छ।

देशभर कफ्र्यु जारी रहेकाले सर्वसाधारण बाहिर निस्कन नसक्ने अवस्था छ। यससँगै धेरै एटिएम र बैंकका शाखा बन्द हुँदा ग्राहकहरुले आवश्यक वित्तीय कारोबार गर्न नसकेका छन्। यस्तो संवेदनशील परिस्थितिमा मोबाइल बैंकिङ्ग सेवा अवरुद्ध हुँदा बैंकका हजारौँ ग्राहकहरु थप समस्यामा परेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*