जेनजी आन्दोलनपछि प्रधानसेनापति सिग्देलको चीन भ्रमण रद्द
२७ भाद्र २०८२, शुक्रबार ०७:४०

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको चीन भ्रमण स्थगित भएको छ । भदौ २७ देखि असोज ४ गतेसम्म हुने भनिएको उनको चीन भ्रमण देशका विकसित विषम परिस्थितिका कारण स्थगित भएको सैनिक स्रोतले जानकारी दिएको छ ।
देशको वर्तमान संकटपूर्ण अवस्थालाई मध्यनजर गर्दै प्रधानसेनापतिले मित्रराष्ट्र चीनको पूर्व निर्धारित भ्रमण कार्यक्रम रद्द गरेको सैनिक मुख्यालय स्रोतले जनाएको हो ।













