निजी सम्पत्ति क्षतिको बीमा दाबी तत्काल आँकलन गर्न नसकिने बीमकको भनाई

सम्पत्ति र मोटर बीमामा सबैभन्दा धेरै बीमा पर्ने अनुमान
२७ भाद्र २०८२, शुक्रबार १४:४४

काठमाडौं । जेन–जी आन्दोलन हिंसात्मक बन्दा देशभर अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति पुर्‍याएको छ । बीमा कम्पनीहरूलाई ५० अर्ब रुपैयाँभन्दा बढी दाबी आउने सम्भावना देखिएको बीमा अधिकारीहरु बताँउछन् ।

बीमाकर्मीहरुका अनुसार प्रारम्भिक अनुमानले निजी सम्पत्तिमा भएको क्षतिको दाबी तत्काल आँकलन गर्न नसकिने शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) दिप प्रकाश पाण्डेले बताएका छन् । हाल बीमकको पायक पर्ने स्थानमा हामीले सर्भेयरहरु खटाईरहेका छौं, निस्किन सक्ने अवस्था पनि निकै त्रासपूर्ण रहेको छ, वातावरण सहज भएसँगै हामी स्वस्फूर्ती रुपमा काम गर्छौ, पाण्डेले भने।

नेपाल पुनर्बीमा कम्पनीमा प्रमुख कार्यकारी अधिकृत(सिईओ) सुरेन्द्र पौडेलले बीमा कम्पनीहरुसँग सहज वातावरणका लागि हामी सम्र्पकमा छौं । रेट्रोमार्फत भएका बीमाहरुको बिषयमा हाामी निरन्तर छलफलमा छौं, वातावरण सहज भएसँगै बीमक, प्राधिकरणसँग पनि छलफलमा बस्ने तयारीमा छौं ।

आन्दोलनमा सबैभन्दा ठूलो विनाश मंगलबार भएको थियो भने बुधबार पनि नेपाली सेनाले सुरक्षा जिम्मा लिएपनि थप क्षति भएको छ। होटेल, सुपर मार्केट, दूरसञ्चार, शैक्षिक संस्था र कार्यालय भवनहरू जस्तै ठुला संस्थागत सम्पत्तिहरू मुख्य रूपमा लक्षित भए।

क्षति हुने सूचीमा हिल्टन होटेल, भाटभटेनी सुपर मार्केट, एनसेल, सीजी इलेकट्रोनिक्स, ग्लोबल कलेज, उलेंस स्कुल र सेन्ट्रल बिजनेस पार्क परेका छन्। व्यापारी, राजनीतिकर्मीदेखि सर्वसाधारणसम्मका घरहरू समेत तोडफोडमा परेका छन्। यो स्थिति आजसम्म ३० जनाभन्खा युवाको मृत्यु भएपछि भड्किएको हो। सम्पत्ति र मोटर बीमामा सबैभन्दा धेरै बीमा पर्ने अनुमान बीमाकर्मीहरुले गरेका छन् ।

भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पनु दत्ता पौडेलका अनुसार टंगाल, महाराजगन्ज, चितवन, चुच्चेपाटी र कोटेश्वरका शाखाहरू ‘पूर्ण रूपमा क्षतिग्रस्त’ भएका छन्। कम्पनीले अझै आर्थिक क्षतिको विवरण सङ्कलन गरिरहेको छ। त्यस्तै, उद्योग वाणिज्य महासङ्घ अध्यक्ष चन्द्र प्रसाद ढकालको स्वामित्वमा रहेका चन्द्रागिरि र मौलाकालिका केबलकारसम्बन्धी संरचनाहरूमा समेत क्षति पुगेको छ। पूर्व एफएनसीसीआई अध्यक्ष शेखर गोल्छाको निवासमा समेत तोडफोड भएको छ। सांसद एवं उद्यमी विनोद चौधरीको घरदेखि संतुग्लस्थित कार्यालयमा आगजनी भएको छ ।
विराटनगर र इटहरीमा पनि उल्लेख्य क्षति भएको छ, विशेषगरी सवारीसाधनमा भएको क्षति ‘अत्यधिक ठूलो’ बताइएको छ।

बैङ्किङ क्षेत्र समेत अछुतो रहेन। नेपाल बैंकर्स सङ्घका अनुसार राष्ट्रिय वाणिज्य बैङ्क नयाँबानेश्वर, हिमालयन बैङ्क बत्तीसपुतली, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क चितवन र मोरङ र ग्लोबल आईएमई बैङ्क ९थापाथली० का शाखा तथा केही एक्सटेन्सन काउन्टर तोडफोडमा परेका छन् । बैैंकर्स संघका अनुसार नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा देशभरका क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए।

नेपालका निर्जीवन बीमा कम्पनीहरूले आ।व। २०८०/८१ मा ४०।३४ अर्ब रुपैयाँ प्रिमियम सङ्कलन गरेका थिए र २०।७१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका थिए। आ।व। २०८१/८२ मा ४१।४७ अर्ब सङ्कलन गरी १७।९ अर्ब दाबी भुक्तानी गरेका थिए। तर हाल देखिएको क्षति अझै गम्भीर हुने अनुमान गरिएको छ। बीमाकर्ताहरूका अनुसार, ‘सबोटाज र आतङ्कवाद’ बीमा पोलिसी ९राजनीतिक हिंसा कभर गर्ने० मा प्रिमियम न्यून हुने भएकाले थप चुनौती आउन सक्छ।

बीमा कम्पनी र बैकले चेतावनी दिएका छन् कि जेन–जी आन्दोलनको आर्थिक असर नेपालको पछिल्ला ठुला सङ्कटहरूमध्ये एक जस्तै हुन सक्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*