नियमित सम्पर्कमा रहेर काम कारबाही सुचारु गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्देशन

काठमाडौं। भदौ २४ गते भएको प्रदर्शनका क्रममा भएको घटनासम्बन्धी महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको सूचनालाई मध्यनजर गर्दै कर्मचारीहरुलाई कार्यालयको काम कारवाही सुचारु गर्न निर्देशन दिइएको छ।
विशेष सरकारी वकील कार्यालयका प्रमुख मोहनसागर बश्यालले कर्मचारीहरुलाई सूचित गर्दै, नियमित कार्य संचालन अघि घटनास्थलको मुचुल्का सहित भौतिक अवस्थिति, स्रोत साधन, मिसिल कागजात र अन्य क्षतिग्रस्त सामग्रीको विवरण संकलन गरी अभिलेखिकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
हाल कर्फ्यु आदेश र निषेधाज्ञा जारी रहेको अवस्थालाई ध्यानमा राख्दै कार्यालय प्रमुखले सबै कर्मचारीलाई प्रशासन शाखासँग निरन्तर सम्पर्कमा रहन र सहज परिस्थिति बनेकोबित्तिकै आवश्यक कार्यमा अनिवार्य सहभागी हुन अनुरोध गरेका छन्।
बश्यालका अनुसार माइतीघर मण्डला क्षेत्रमा नेपाल आर्मीले कर्फ्युमा कडाइ गरेको कारण कार्यालयले कर्फ्यु सहज भएपछि मात्र सरसफाई र सेवा सञ्चालनमा फर्कने योजना बनाएको छ।
सह-न्यायाधिवक्ता मोहनसागर बश्यालले कर्मचारीहरुलाई सूचनामा यथोचित तयारी र समन्वयका लागि आवश्यक निर्देशन दिएको उल्लेख गरिएको छ।













