सिंहदरबारसहित देशका प्रमुख प्रशासनमा शतप्रतिशत क्षति, नयाँ नेतृत्वले बुझला त बीमाको महत्व?

२७ भाद्र २०८२, शुक्रबार १५:१४

काठमाडौं ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको पाइएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको प्रारम्भिक अध्ययनबाट यस्तो देखिएको हो । स्थलगत अध्ययन गरी फर्किएका अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा शतप्रतिशत क्षति देखिएको छ । सिंहदरबार बाहिर रहेको एकमात्र मन्त्रालय स्वास्थ्यमा समेत शतप्रतिशत क्षति भएको छ ।

नेपालमा सार्वजनिक सम्पत्ति बीमा गर्ने विषय वर्षौंदेखि उठाइँदै आएको भए पनि नीति तहमा त्यसलाई कार्यान्वयन नगरेका कारण अहिले सिंहदरबार क्षति हुँदा राज्यले ठूलो क्षति बेहोर्नुपरेको छ ।
भदौ २३ र २४ गते जेनजी पुस्ताले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध गरेको आन्दोलनमा धेरैले ज्यान गुमाउनुका साथै हजारौंको संख्यामा घाइते भए । यसको आक्रोशमा प्रदर्शनकारीले निजी व्यावसायिक प्रतिष्ठानसँगै दर्जनौं सरकारी कार्यालय जलाए ।

अन्य मन्त्रालयमा भने आंशिक क्षति देखिएको छ । अर्थ मन्त्रालयको तल्लो तला, बाहिरको टहरा र गाडीहरूमा क्षति पुर्‍याएको पाइएको छ ।

अझ विशेष गरेर मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, राष्ट्रपतिको शीतल निवास, संघीय संसद् भवन, सर्वोच्च अदालतमा आगजनी गरियो । सो प्रदर्शनबाट ठूलो धनजनको क्षति हुनपुगेको छ ।

उक्त घटनाले मुलुकका प्रमुख सरकारी संरचनामा गम्भीर क्षति पुर्‍याएको छ । अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डे प्रारम्भिक विवरणअनुसार अर्थ मन्त्रालयको मुख्य भवन सुरक्षित रहे पनि मन्त्रालय परिसरका केही भाग भने ध्वस्त भएको बताउँछन् ।



‘सिंहदरबारभित्र क्षति नगरेको भवन भेट्न मुस्किल छ,’ उनले भने, ‘तर, सबैभन्दा कामै नलाग्ने गरी तीन मन्त्रालयमा क्षति पुगेको देखियो।’

सिंहदरबारभित्रको क्षतिलाई रकममा भने तत्काल गणना गर्न सक्ने अवस्था नै नदेखिएको उनी बताउँछन् । यद्यपि, क्षतिको विवरण संकलनको काम मन्त्रालयहरूले थालेका छन् ।

नयाँ प्रधानमन्त्रीलाई सिंहदरबार भित्रै कार्यालय व्यवस्थापन मिलाउने तयारीमा समेत सचिवहरू जुटेका छन् । त्यसमध्ये सबैभन्दा सद्दे रहेका विभिन्न भवनको विकल्पमा आज छलफल भएको सचिव उपाध्यायले जानकारी दिए।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीको निसानामा सरकारी भवन र कार्यालय परेका हुन् । त्यसमध्ये सिंहदरबारमा अहिलेसम्मकै भयानक क्षति पुगेको छ ।

मुख्यसचिव अर्यालले कतिपय काम अनलाइनबाटै सुरु गरिसकेको जानकारी गराए । कर संकलन, राहदानी, वैदेशिक रोजगार, अध्यागमन विभागका काम अनलाइनबाटै थालिएको उनले जानकारी दिए । खानेपानी, विद्युत्, टेलिफोनका सेवा, आपूर्ति सहजीकरणलाई ध्यान दिइएको उनले बताए । नयाँ सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको समेत उनले बताए । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको पाइएको छ ।

मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको प्रारम्भिक अध्ययनबाट यस्तो देखिएको हो । स्थलगत अध्ययन गरी फर्किएका अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार मन्त्रालयमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा मन्त्रालय र गृह मन्त्रालयमा शतप्रतिशत क्षति देखिएको छ । सिंहदरबार बाहिर रहेको एकमात्र मन्त्रालय स्वास्थ्यमा समेत शतप्रतिशत क्षति भएको छ ।

अन्य मन्त्रालयमा भने आंशिक क्षति देखिएको छ । अर्थ मन्त्रालयको तल्लो तला, बाहिरको टहरा र गाडीहरूमा क्षति पुर्‍याएको पाइएको छ ।‘सिंहदरबारभित्र क्षति नगरेको भवन भेट्न मुस्किल छ,’ उनले भने, ‘तर, सबैभन्दा कामै नलाग्ने गरी तीन मन्त्रालयमा क्षति पुगेको देखियो।’सिंहदरबारभित्रको क्षतिलाई रकममा भने तत्काल गणना गर्न सक्ने अवस्था नै नदेखिएको उनी बताउँछन् । यद्यपि, क्षतिको विवरण संकलनको काम मन्त्रालयहरूले थालेका छन् ।

नयाँ प्रधानमन्त्रीलाई सिंहदरबार भित्रै कार्यालय व्यवस्थापन मिलाउने तयारीमा समेत सचिवहरू जुटेका छन् । त्यसमध्ये सबैभन्दा सद्दे रहेका विभिन्न भवनको विकल्पमा आज छलफल भएको सचिव उपाध्यायले जानकारी दिए।

सोमबारदेखि सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन आन्दोलनकारीको निसानामा सरकारी भवन र कार्यालय परेका हुन् । त्यसमध्ये सिंहदरबारमा अहिलेसम्मकै भयानक क्षति पुगेको छ ।

मुख्यसचिव अर्यालले कतिपय काम अनलाइनबाटै सुरु गरिसकेको जानकारी गराए । कर संकलन, राहदानी, वैदेशिक रोजगार, अध्यागमन विभागका काम अनलाइनबाटै थालिएको उनले जानकारी दिए । खानेपानी, विद्युत्, टेलिफोनका सेवा, आपूर्ति सहजीकरणलाई ध्यान दिइएको उनले बताए । नयाँ सरकारसँग काम गर्न ब्युरोक्रेसी तयार रहेको समेत उनले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*