सरकारी कार्यालय र प्रहरी चौकी आगजनी र लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ

२७ भाद्र २०८२, शुक्रबार १६:१५

काठमाडौँ । भदौमा सरकारी कार्यालय र प्रहरी चौकीमा भएको आगजनी तथा लुटपाटसँग सम्बन्धित घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न थालिएको छ। नेपाली सेना र सशस्त्र प्रहरीले जेन–जीको आन्दोलनको नाममा विभिन्न सरकारी कार्यालय तथा प्रहरी चौकीमा भएको चोरी र आगजनीको घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरी चौकी तीनकुनेलगायतका स्थानबाट लुटिएको हतियार, गोली, दुईवटा म्यागेजिन र हत्कडीसहित सप्तरीका २३ वर्षीय जावेद अख्तर पक्राउ परेका छन्। उनी तीनकुने चौकीसहित सिंहदरबारमा भएको आगजनीमा पनि संलग्न रहेको बताइएको छ।

पक्राउ पर्नेहरूमा लहान नगरपालिकाका विसान शाह, सुरज यादव, प्रदीप यादव, निरज सिंह, जनकपुरका दीपक मण्डल, निरज यादव र सिरहाका सन्तोष मण्डल रहेका छन्। उनीहरूको साथबाट लुटिएका सामग्री समेत बरामद गरिएको छ।

सेना र सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेपनि, प्रहरी चौकी तीनकुनेको संरचना आगलागीमा पूर्ण रूपमा ध्वस्त भएको हुँदा, अब उक्त चौकीलाई कहाँ स्थानान्तरण वा पुनर्निर्माण गर्ने भन्ने विषय टुंगो लागेको छैन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*