भ्रष्टाचारमुक्त नेपाल निर्माणका लागि ज्यान बलिदान गरेका जेनजीको पशुपति आर्यघाटमा अन्त्येष्टि

२७ भाद्र २०८२, शुक्रबार १७:५५

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही प्रदर्शनकारीको आज काठमाडौंस्थित पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ। शोकाकुल परिवार, आफन्त, सहकर्मी तथा आन्दोलनका सहभागीहरू अन्त्येष्टिमा उपस्थित थिए।

गत मंगलबार र बुधबार भएको भ्रष्टाचारविरोधी आन्दोलनका क्रममा मृत्यु हुनेहरूको संख्या ५१ पुगेको छ। आन्दोलनकारीहरूले बलिदानलाई व्यर्थ जान नदिने प्रतिवद्धता व्यक्त गर्दै भ्रष्टाचारविरुद्ध संघर्षलाई अझ सबल बनाउनुपर्ने माग राखेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*