ओम प्रकाश अर्याल, कूलमान घिसिङ र बालानन्द शर्मा सम्मिलित सानो मन्त्रिमण्डल आजै बन्ने

अपडेटः
आज गठन गर्ने भनिएको मन्त्रिपरिषद संसद विघटन बाँकी भएकोले स्थगित गरिएको जनाइएको छ । सम्भवतः भोलि सानो आकारको नयाँ मन्त्रिपरिषद गठन हुनेछ ।
————————-
काठमाडौं । आजै नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदै गरेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले तीन सदस्यीय सानो मन्त्रिमण्डल आजै गठन गर्ने भएकी छिन् ।
स्रोतका अनुसार आजै प्रधानमन्त्रीमा नियुक्ती हुने वित्तिकै तीन सदस्य नयाँ मन्त्रिपरिषद समेत गठन हुने भएको छ ।
कूलमान घिसिङ, अधिवक्ता ओम प्रकाश अर्याल र पूर्व जर्नेल बालानन्द शर्मा सम्मिलित नयाँ मन्त्रिपरिषद आजै गठन हुने भएको छ । साथै स्रोतले जेनजी अभियान्ता सुदन गुरुङ समेत मन्त्री बन्ने जनाएको छ ।
तीन सदस्यीय मन्त्रीहरुमा अधिवक्ता अर्याल वा बालानन्द शर्मा मध्ये एक जना गृहमन्त्री हुनेछन् । बाँकीको मन्त्रालय टुंगो लागिसकेको छैन । सम्भवतः घिसिङ उर्जा मन्त्री बन्नेछन् ।













