अन्तरिम सरकार प्रधानमन्त्रीमा सुशिला कार्कीले लिईन शपथ

२७ भाद्र २०८२, शुक्रबार २१:५८

काठमाडौं । दुई दिनको भिषण आन्दोलनपछि नयाँ अन्तरिम सरकारको नेतृत्व गर्दै पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

केहीबेर अघि राष्ट्रपति कार्यालयमा आयोजित बिशेष समारोहमा कार्कीले प्रधानमन्त्री पदमा नेपालको संविधानको धारा ६१ बमोजिम नियुक्ती लिई शपथ लिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले आज मन्त्रिमण्डल विस्तार गरिनन् । पहिलो बैठकबाट संसद विघटन गरेर मात्रै नयाँ मन्त्रीहरु नियुक्ती गर्न मिल्ने भएकोले तत्काल नयाँ मन्त्रीहरु नियुक्ती नगरिएको हो ।

अब प्रधानमन्त्री कार्कीले अब सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्नेछिन् । आजै पदभार ग्रहण गरेपछि संसद विघटन विघटन गर्ने सिफारिस गरेपछि मात्रै औपचारिक रुपमा पहिलो सहमति कार्यान्वयन हुनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*