अन्ततः संसद बिघटन, संविधान मुर्छित अवस्थामा, मुलुक संक्रमणकालिन अवस्थातर्फ

२७ भाद्र २०८२, शुक्रबार २३:४४

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको मन्त्रिपरिषदको बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका छन् ।

मौजुदा संसद भंग गरेसँगै २०८० फागुनमा सम्पन्न भएको निर्वाचनबाट जननिर्वाचित २७४ जना सांसदहरुको पद समेत समाप्त हुन पुगेको छ । जननिर्वाचित संसद भंग भएको र नयाँ निर्वाचनको लागि अन्तरिम सरकार गठन भएकोले नेपालको संविधान २०७२ समेत मुर्छित अवस्थामा पुगेको छ ।

शुक्रबार राति नै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पहिलो निर्णय गरेकोमा राष्ट्रपति पौडेलले पूर्व सहमति अनुसार नै आजैका मितिबाट लागू हुने संसद बिघटन गर्ने निर्णय सदर गरेका हुन् ।

प्रधानमन्त्री कार्कीलाई ६ महिनाभित्र प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ । यद्यपि निर्वाचनको मिति भने नयाँ सरकारले घोषणा गर्नेछ । निर्वाचनको मिति घोषणा गर्नुअघि कस्तो निर्वाचन ? कुन निर्वाचन भन्ने बिषयहरुमा आन्दोलनरत जेनजी र दलहरुका बीचमा छलफल भई अन्तिम निर्णय भने हुन बाँकी छ । जेएनजीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी माग गरिरहेको अवस्था छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*