आजबाट सैनिक निषेधाज्ञा र कर्फ्यु हटाइयो

२८ भाद्र २०८२, शनिबार ०९:०२

काठमाडौं । नेपाली सेनाले आज विहान ११ बजेसम्मको लागि जारी सैनिक निषेधाज्ञा र कर्फ्यु आदेशहरु हटाएको छ । सैनिक प्रबक्ता बिग्रेडिएर जनरल राजाराम बस्नेतले नेपाली सेनाले कुनै सूचना जारी नगरेको बताएका छन् ।

उपत्यका पृतना कार्यालयले भने आज विहान ११ बजेसम्मको लागि आवत जावत खुल्ला गरिएको र त्यसपछिको लागि कुनै सूचना जारी नभएकोले थप सूचना नआए निषेधाज्ञा हटेको मानिने एक अधिकृतले बीमापोष्टलाई जानकारी दिए । उपत्यकाका पृतनाका अधिकारीले ११ बजेपछि नेपाली सेनाको आधिकारिक सूचना हेरेर सोही अनुसार गर्न समेत आग्रह गरेका छन् ।

हिजो राति नागरिक सरकार गठन भइसकेकोले अब देशको सुरक्षा कमाण्ड नयाँ सरकारको जिम्मेवारी भएकोले सैनिक निषेधाज्ञा र कर्फ्यु हटाइएको विश्वास गरिएको छ । अब निषेधाज्ञा वा कर्फ्यु आवश्यक भएको अवस्थामा स्थानीय प्रशासनले जारी गर्नेछ ।

सेनाले निषेधाज्ञा र कर्फ्यु हटाइएपछि आजबाट सबै उद्योग तथा कल कारखानाहरु सुचारु हुनेछन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*