जिल्ला प्रशासन ललितपुरले लगायो निषेधाज्ञा र कर्फ्यु
२८ भाद्र २०८२, शनिबार ०९:३४

काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज साँझदेखि भोलि विहानसम्म कर्फ्यु आदेश जारी गरेको छ । केहीबेर अघि सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले आज विहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । त्यस्तै, साँझ ७ बजेदेखि भोलि विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
यसअघि सेनाले जारी गर्दै आएको निषेधाज्ञा र कर्फ्यु आदेश अब स्थानीय प्रशासनले जारी गर्न थालेका छन् । नागरिक सरकार गठन भएसँगै स्थानीय प्रशासन शान्ति सुरक्षा कायम गर्न सक्रिय भएको हो ।













