ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन सुरु

२८ भाद्र २०८२, शनिबार १३:३१

काठमाडौं ।जेन जी आन्दोलनका कारण गत मंगलबारदेखि ठप्प रहेको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि सुरु भएको छ । शुक्रबार फाट्टफुट्टमात्र चलेका सवारी साधन आज शनिबार बिहानदेखि बाक्लो संख्यामा चलेका छन् ।

चितवनतर्फबाट पनि बसहरु काठमाडौंका लागि प्रस्थान गरेका छन् ।

जेनजीले सोमबार प्रदर्शन गर्दा नयाँ बानेश्वर वरपर बाहेकका क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका थिए । मंगलबारदेखि उपत्यकाको सबै क्षेत्रमा प्रदर्शन हुन थालेसँगै सार्वजनिक सवारी साधन चल्न छाडेका थिए । नेपाली सेनाले कर्फ्यु समेत लगाएकाले गाडी ठप्प थिए ।

शनिबार बिहानदेखि काठमाडौंको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य छ । सार्वजनिक बस, ट्याक्सी लगायतका सवारी साधन बिहानैदेखि चलिरहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*