आज पदभार ग्रहण गर्दै प्रधानमन्त्री सुशीला कार्की
२९ भाद्र २०८२, आईतवार ०८:५२

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । आज बिहान ११ बजे प्रधानमन्त्री कार्कीको पदभार ग्रहणको तयारी रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
उनले गृह मन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्नेछिन् । प्रधानमन्त्री कार्यालय रहेको भवनमा जेन– जी आन्दोलनकारीले आगजनी गरेपछि क्षति भएको छ । त्यसैले गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्रीको कार्यकक्ष बनाइएको छ ।
पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की गत शुक्रबार नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएको थिइन् । शुक्रबार नै उनले पदभार ग्रहण गर्ने तयारी गरेकी थिइन्, तर राति अबेर मात्रै शपथ भएका कारण रोकिएको थियो ।













