पियोर इनर्जीद्वारा स्थगित साधारण सभा पुनः आह्वान

२९ भाद्र २०८२, आईतवार ०९:५०

काठमाडौं । पियोर इनर्जी लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति तय भएको छ ।

साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि डाकेको आठौं वार्षिक साधारण सभा देशको विद्यमान अवस्थाका कारण शेयरधनीहरुको सुरक्षालाई मध्यनजर गर्दै भदौ २३ गते सूचना जारी गरी स्थगित गरिएको थियो ।

कम्पनीले अब उक्त सभा असोज ७ गते आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा पूर्वनिर्धारित स्थान काठमाण्डौको आनन्द भूमि इभेन्ट्समा बिहान १० बजेदेखि सुरु हुनेछ ।

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा पेश गरिने आव २०८१–८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै उक्त आवका वित्तीय विवरणहरु पारित गरिनेछ । यस्तै सभामा आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ ९ गते एक दिनका लागि बुक क्लोज गरिसेको छ । यसर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुन योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*