दशैंका लागि सुकिला नोट साट्न आजदेखि पाइने

२९ भाद्र २०८२, आईतवार १३:१५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी बडादसैंलाई लक्षित गर्दै सुकिला नोट सटहीको विशेष व्यवस्था मिलाएको छ। भदौ २९ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणले आवश्यक सुकिला नोट सटही गर्न सक्ने बैंकले जानकारी दिएको छ।

मुद्रा व्यवस्थापन विभागका अनुसार थापाथलीस्थित राष्ट्र बैंकको मुख्य कार्यालयसँगै विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीस्थित प्रदेशीय कार्यालय तथा ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट पनि सटही सेवा उपलब्ध हुनेछ।

राष्ट्र बैंकले संघसंस्था र सर्वसाधारणलाई तोकिएको अवधिभित्रै सुविधा लिन आग्रह गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*