सवारी चालक अनुमति पत्र र विद्युतीय सवारी दर्ता सेवा अनिश्चितकालका लागि बन्द

२९ भाद्र २०८२, आईतवार १४:२१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणसम्बन्धी सेवा तथा विद्युतीय सवारी दर्ता सम्बन्धी सबै सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ।

आइतबार विभागले प्रकाशित गरेको सूचनामा भनिएको छ कि विभागको संरचनामा तोडफोड, आगजनी, चोरी तथा लुटपाटको घटनाबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको छ। यस कारण सवारी चालक अनुमति पत्रको छपाइ, वितरण र विद्युतीय सवारी दर्तासम्बन्धी सेवा प्रभावित भएको विभागले जानकारी दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*