बैंक लुट्ने क्रममा भिडिओ खिच्दा फ्याँकिएको ५ लाख प्रहरीको नियन्त्रणमा

२९ भाद्र २०८२, आईतवार १४:४७

काठमाडौं । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा जेनजी प्रदर्शनको क्रममा भएको लुटपाटको रकम ललितपुरका सुरेश देउलाले फेला पारेर प्रहरीले बुझाएका छन्।

३७ वर्षीय देउलाले लुटपाटको क्रममा बाटोमा भेटेको कुल ५ लाख १० हजार ५ सय रुपैयाँ जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएका हुन्। यसमा ५०० रुपैयाँ दरका नयाँ नोट ५ लाख र खुद्रा १० हजार ५०० रुपैयाँ समावेश छ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख श्यामकृष्ण अधिकारीका अनुसार, जेनजी आन्दोलनको फाइदा उठाउँदै बैंकमा आक्रमण गर्ने समूहले पैसा लुट्ने प्रयास गरेको थियो। देउलाले लुटपाटको भिडियो खिच्दा लुट्ने समूहका एकजनाले पैसा छाडेर भागेका थिए। त्यसपछि उनले फेला परेको रकम आज प्रहरीलाई बुझाएका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*