महान्यायाधिवक्ता रमेश बडालले दिए राजीनामा

२९ भाद्र २०८२, आईतवार १६:४९

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा पत्र राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन्।

नेपालमा नयाँ सरकार गठनसँगै महान्यायाधिवक्ताले पद छोड्ने प्रचलन रहिआएको छ। प्रधानमन्त्रीको सिफारिसमा नियुक्त हुने संवैधानिक पदाधिकारी भएकाले हरेक पटक नयाँ प्रधानमन्त्री आएपछि राजीनामा दिनुपर्ने अभ्यास बनिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*