रिपोर्टर्स क्लवमा जेनजी अभियन्ता सुधन गुरुङको पत्रकार सम्मेलनमा हंगामा
२९ भाद्र २०८२, आईतवार १७:१८

काठमाडौं । जेनजी अभियन्ता सुधन गुरुङले आइतबार रिपोर्टर्स क्लवमा आयोजना गरेको पत्रकार सम्मेलन हंगामापूर्ण बनेको छ।
गुरुङले प्रस्तुत गरेका अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै केही पत्रकार र अभियन्ताहरूबीच वाकयुद्ध चर्किँदा हात हालाहालको अवस्था सिर्जना भएको हो। परिस्थिती तनावग्रस्त बनेपछि पत्रकार सम्मेलन प्रत्यक्ष प्रशारण (लाइभ) समेत तत्काल रोकिएको क्लवले जनाएको छ।
विवादका कारण गुरुङको पत्रकार सम्मेलन बीचमै स्थगित भएको हो।













