तरकारीको भाउ झिनो अंकले घट्यो, यस्तो छ आजको मूल्यसूची

३० भाद्र २०८२, सोमबार ०७:५५

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, आलु रातो प्रतिकिलो ५० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ३८ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ३५ रुपैयाँ रहेको छ ।

साथै, रातो मूला प्रतिकेजी ३० रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो २० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो १५ रुपैयाँ, तने बोडी प्रतिकिलो ९० रुपैयाँ र मकै बोडी प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ ।

सूचीसहितः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*