नवनियुक्त गृहमन्त्री अर्यालद्वारा पदभार ग्रहण

३० भाद्र २०८२, सोमबार १४:०३

काठमाडौं । नवनियुक्त गृह र कानुनमन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनले आजै पद तथा गोपनीयताको शपथ लिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई सोमबार शीतल निवासमा आयोजित एक समारोहका बिच पद तथा गोपनीयताको शपथ दिलाएका थिए ।

अर्याल अधिवक्ता हुन् भने जेनजी आन्दोलनमा उनले सहजकर्ताको भूमिका खेलेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*