नेपालको पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले लिइन् पद तथा गोपनियताको शपथ

३० भाद्र २०८२, सोमबार १४:५०

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनियताको शपथग्रहण गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता भण्डारीले प्रधानमन्यायाधीश प्रकाशमानसिंह राउत समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेकी हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् । भण्डारी नेपालको इतिहासमा नै पहिलो महिला महान्यायाधिवक्ता हुन् ।

यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएसँगै नयाँ नेतृत्व चयन भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*