आन्दोलनपछि अव्यवस्थित काठमाडौंलाई सफा बनाउन शिवम् सिमेन्टको सरसफाई अभियान सुरु

३० भाद्र २०८२, सोमबार १७:३२

काठमाडौँ । काठमाडौंमा हालैको जेन जी आन्दोलनपछि उत्पन्न भएको अव्यवस्था र तोडफोडका कारण प्रभावित वातावरणलाई सामान्य बनाउन शिवम् सिमेन्टले सरसफाई अभियान सञ्चालन गरेको छ।

आन्दोलनका क्रममा राजधानीमा भएको आगजनी र क्षतिको असर व्यवस्थापन गर्न कम्पनीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गर्दै कार्यालय परिसर सफा गरेको छ। साथै, दैनिक कार्य सञ्चालन सहज बनाउन आवश्यक फर्निचरसमेत सहयोग गरेको छ।

कम्पनीले यसलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको पहलका रूपमा अघि सारेको जनाएको छ। वर्तमान विषम परिस्थितिमा सहयोग र श्रमदान प्रदान गर्नु दायित्व भएको उल्लेख गर्दै शिवम् सिमेन्टले आगामी दिनहरूमा पनि निरन्तर सरसफाई अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

‘समुदाय र शहरको पुनर्निर्माणका लागि सहयोग र श्रमदान गर्नु हाम्रो कर्तव्य हो। हामी आफ्नो सामाजिक जिम्मेवारीअनुसार काठमाडौंलाई सफा, व्यवस्थित र सुरक्षित बनाउन निरन्तर प्रयासरत रहनेछौं’ कम्पनीको विज्ञप्तिमा भनिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*