कुल विदेशी विनिमय सञ्चिति २८ खर्ब ६ अर्ब, २०.४ महिनाको वस्तु आयात धान्ने

३० भाद्र २०८२, सोमबार १८:५५

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा नेपालको कुल विदेशी विनिमय सञ्चिति ४.८ प्रतिशतले वृद्धि भई २८ खर्ब ०६ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २.७ प्रतिशतले बढेर २० अर्ब ३ करोड पुगेको छ, जुन २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेको थियो।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ साउन मसान्तमा २५ खर्ब ११ अर्ब ४५ करोड पुगेको छ, जुन २०८२ असार मसान्तको २४ खर्ब १४ अर्ब ६४ करोडको तुलनामा करिब ४० प्रतिशतले वृद्धि हो। बैंक तथा अन्य वित्तीय संस्थामा रहेको विदेशी विनिमय सञ्चिति १२.० प्रतिशतले वृद्धि भई  २ खर्ब ९४ अर्ब ५८ करोड कायम भएको छ।

विवरणअनुसार २०८२ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्रा २३.४ प्रतिशतले योगदान गरेको छ।

आर्थिक वर्ष २०८२ / ८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.४ महिनाको वस्तु आयात र १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ४५.९ प्रतिशत, १३८.३ प्रतिशत र ३६० प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमश: ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*