लाभांशबिनै सानिमा मिडिल तमोरद्वारा वार्षिक सभा आह्वान, बुकक्लोज कहिले ?

३१ भाद्र २०८२, मंगलवार ०७:३०

काठमाण्डौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले दशौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले आगामी असोज २९ गते काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङक्वेटमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेकाले सभामा लाभांशसँग सम्बन्धित कुनैपनि प्रस्ताव पेश हुनेछैन ।

सभामा कम्पनीको सञ्चालक समितिबाट प्रस्तुत हुने दशौं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१–८२ को लेखापरीक्षण प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण एंव तत्सम्बन्धी अनुसूचीहरुमाथि छलफल गरी पारित गरिनेछ ।

सभामा लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम आव २०८२–८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र एकजना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा प्रयोजनाका लागि कम्पनीले असोज १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*