असोजमा ग्लोबल आइएमई बैंकको कुन खातामा कति पाइन्छ ब्याज ?

३१ भाद्र २०८२, मंगलवार ०८:१०

काठमाडौं । ग्लोबल आइएमई बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ ।

बैंकले उक्त महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ३.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । भदौ महिनाका लागि पनि बैंकले व्यक्तिगततर्फ अधिकतम ६ र संस्थागततर्फ ४.२५ प्रतिशत अधिकतम ब्याजदर दिएको थियो ।

असोज महिनामा ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ३.७५ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत, २ वर्ष र ३ वर्षभन्दा तलका लागि ५.७५ प्रतिशत, ३ वा सो भन्दामाथिका लागि ६ प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।

संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि २.७५ प्रतिशत र १ वर्षदेखि २ वर्ष तलका लागि ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*