कुमारी बैंकले घटायो ब्याजदर, कुन खतामा कति पाइन्छ ब्याज ?

३१ भाद्र २०८२, मंगलवार ०९:२०

काठमाडौं । कुमारी बैंक लिमिटेडले असोज महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ४.८१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५.०१ र संस्थागततर्फ ४.०१ प्रतिशत ब्याजदर दिएको थियो। असोज महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले ३ महिनादेखि ६ महिना तलका लागि ३.२१ प्रतिशत,६ महिनादेखि १ वर्ष मुनिका लागि ३.४१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.९१ प्रतिशत र २ वर्ष र सो भन्दा माथिका लागि ४.८१ प्रतिशत ब्याजदर पाउनेछन् ।

कुमारी स्मार्ट एप अन्तर्गत ३ महिनादेखि ६ महिना तलका लागि ३.४१ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि लागि ३.६१ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४.११ प्रतिशत, २ वर्ष र सो भन्दा माथिका लागि ५.०१ प्रतिशत ब्याजदर तोकिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*