आइएमई लाइफद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

३१ भाद्र २०८२, मंगलवार १२:२०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै १४ स्थानमा ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले ओखलढुङ्गा, विराटनगर, बिर्तामोड, लालबन्दी, सिन्धुली, नेपालगंज, राप्ती सोनारी, तुलसीपुर, भालुबाङ, बझाङ, डडेल्धुरा लगायतका ब्रान्चको लागि शाखा प्रमुख माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि उम्मेद्वारहरुले मान्यताप्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

इच्छुक उम्मेद्वारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित मितिले सात दिनभित्र कम्पनीको आधिकारीक वेबसाइट https://imelifeinsurance.com/career/  साथै [email protected]  इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*