तीन दिनमा चार लाख यात्रु उपत्यकाबाट बाहिरिए

३१ भाद्र २०८२, मंगलवार १५:२८

काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा यातायात व्यवस्था विभागले सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न सबै तयारी पूरा गरेको जनाएको छ।

यातायात विभागले सडकमा अवरोध नपरोस् र यात्रु सहजताका लागि डोजर लगायतका आवश्यक व्यवस्थापन मिलाएको छ। साथै, भाडा दर सम्बन्धी पारदर्शिता सुनिश्चित गर्न विभिन्न स्थानमा भाडा दर बोर्ड राख्ने र यात्रु सहायता कक्ष सञ्चालन गर्ने तयारी गरिएको छ।

पछिल्ला तीन दिनमा करिब चार लाख यात्रुले उपत्यका छाडेको र चाडपर्वको समयमा यात्रुको चाप बढ्ने अनुमान गरिएको छ। यसलाई मध्यनजर गर्दै यातायात सेवा प्रदायकहरूले भाडादर वृद्धि नगरी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

सवारी साधनको उपलब्धताका आधारमा टिकट व्यवस्था मिलाइएको छ, जसले यात्रुलाई सहज यात्रा गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*