जेनजी आन्दोलनमा शहिद भएका ६ जनाको शव सेनाले विमानमार्फत जिल्लातर्फ
३१ भाद्र २०८२, मंगलवार १७:२९

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका छ जनाको शव नेपाली सेनाको विमानमार्फत आज विभिन्न जिल्लामा पठाइएको छ। सेनाले सुनसरी, उदयपुर, सिराहा, धनकुटा र संखुवासभा जिल्लामा शव पुर्याएको जनाएको छ।
मृतकमध्ये केहीको आजै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गरिएको छ।
सरकारले आन्दोलनमा ज्यान गुमाउनेलाई शहीद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र असोज १ गते सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।
भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध सुरु भएको जेनजी आन्दोलन हिंसात्मक बन्दै जाँदा हालसम्म ७२ जनाले ज्यान गुमाएका छन्।













