हिमालयन हाईड्रोपावरद्वारा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय

१ आश्विन २०८२, बुधबार १०:२३

काठमाडौं । हिमालयन हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न भएको छ । कम्पनीले हकप्रद निष्काशनको प्रस्तावसहित १८ औं साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले असोज २४ गते पोखरामा रहेको वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभामा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र यी विषयहरुमा नियमनकारी निकायहरुबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशषे प्रस्ताव समेत पारित गरिनेछ ।

यसैगरी, सञ्चालक समितिको १८ औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आव २०८१–८२ को वासलात, नाफा नोक्सान हिसाबसहितको लेखा परीक्षण प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने र आव २०८२–८३ का लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*