पीडितका दावी छिटो गर्न नेको इन्स्योरेन्सले प्रदेशमा तोक्यो कर्मचारी
१ आश्विन २०८२, बुधबार १५:५६

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले देशव्यापी आन्दोलनको क्रममा भदौ २३ र २४ गते जेन जीको तर्फबाट भएको आगजनी र तोडफोडका कारण व्यापार, सवारी साधन, मानविय क्षति तथा अन्य सम्पत्तिमा पुगेको नोक्सानीका सम्बन्धमा ग्राहकहरूले छिटो दावी गर्न सकुन् भनेर दावी सहजीकरणका लागि कर्मचारीहरू नियुक्त गरेको जनाएको छ।
कम्पनीका अनुसार बागमती प्रदेश र केन्द्रिय कार्यालयका लागि विरन सिंह गडतौला, कोशी प्रदेशका लागि सरोज पोखरेल, मधेश प्रदेशका लागि सुरज कुमार भट्टराई, गण्डकी प्रदेशका लागि धिरज थापा, लुम्बिनी प्रदेशका लागि रमेश बहादुर थापा, सुदूरपश्चिम प्रदेशका लागि भरत बहादुर रावल र कर्णाली प्रदेशका लागि रमेश राज शर्मालाई नियुक्त गरिएको छ।
ग्राहकहरूले दावी सम्बन्धी जानकारी र सहयोगका लागि इमेल [email protected] मार्फत पनि सम्पर्क गर्न सक्नेछन्।














