२० लाखको हात रित्तो हुने बुङ्गल हाइड्रोको आईपीओ कहिले हुन्छ बाँडफाँट ?

१ आश्विन २०८२, बुधबार १७:०१

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ भोलि अर्थात् असोज ३ गते बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडका अनुसार आईपीओ बिहिबार बिहान बाँडफाँटको तयारी गरिएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

आईपीओमा २२ लाख ५३ हजार २५४ जनाले आवेदन दिएका थिए । जसमा १ लाख ७० हजार १५० जनाले मात्रै १०।१० कित्ता शेयर हात पार्नेछन् । २० लाख ८३ हजारको हात भने रित्तो हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ। सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*