डोङफेङ मोटरको धमाकेदार प्रवेश, इजिप्टमा ९ वटा नयाँ मोडेल सार्वजनिक

१ आश्विन २०८२, बुधबार १८:११

काठमाडौँ । चिनियाँ अटोमोबाइल निर्माता डोङफेङ मोटरले इजिप्टको राजधानी कायरोमा भव्य समारोहका बीच एकैपटक नौवटा नयाँ मोडेल सार्वजनिक गर्दै त्यहाँको अटो बजारमा आधिकारिक प्रवेश गरेको छ।

इष्ट वाइन्ड, इन्फिनिट वर्ल्ड भन्ने थिममा इजिप्ट इन्टरनेशनल एक्जिबिसन सेन्टरमा सम्पन्न विशेष कार्यक्रममा कम्प्याक्ट एसयुभी, स्टाइलिश सेडानदेखि लिएर अत्याधुनिक इलेक्ट्रिक र हाइब्रिड गाडीहरू आकर्षक रूपमा प्रस्तुत गरिएका थिए।

कार्यक्रममा सरकारी अधिकारी, व्यवसायी तथा अटोमोबाइल प्रेमीहरूको उल्लेखनीय उपस्थिति थियो। आगन्तुकहरूले नजिकैबाट नयाँ डिजाइन अवलोकन गर्ने, अत्याधुनिक प्रविधि बुझ्ने र प्रदर्शनीमा राखिएका गाडीहरूको प्रत्यक्ष अनुभव लिने अवसर पाए।

डोङफेङले प्रदर्शनीमा आफ्ना परम्परागत मोडेलसँगै न्यू इनर्जी सिरीजलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरेको थियो। यसबाट कम्पनीले पेट्रोल–डिजेल चल्ने गाडी मात्र नभई वातावरणमैत्री इलेक्ट्रिक र हाइब्रिड मोडलमार्फत बढ्दो माग पूरा गर्ने लक्ष्य लिएको स्पष्ट भएको छ।

कम्पनीका अनुसार नौ मोडेलको यो लन्च इजिप्टको अटोमोबाइल बजारसँग सम्बन्ध अझ गाढा बनाउन तथा अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्ने रणनीतिको हिस्सा हो। डोङफेङ मोटरले यस कदमलाई आधुनिक मोबिलिटी सोलुसनप्रतिको आफ्नो प्रतिबद्धताको रूपमा लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*