सागर डिष्टिलरीको आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिने

२ आश्विन २०८२, बिहीबार ०८:३४

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप भएको छ । म्याद थप भएसंगै अब कम्पनीको आईपीओमा असोज ५ गतेसम्म आवेदन दिन सकिने छ।

कम्पनीले भदौ ३० गतेदेखि आम सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको हो । बीचमा सार्वजनिक विदा परेकोले आवेदन दिने म्याद थप गरिएको हो।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*