यसरी हेर्नुहोस् बुङ्गल हाइड्रोको आईपीओको नतिजा
२ आश्विन २०८२, बिहीबार १०:०८

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीको आइपीओको नतिजा विभिन्न माध्यम तथा वेबसाइट मार्फत हेर्न सकिन्छ ।जसमध्ये केही सर्वाधिक प्रयोग हुने वेबसाइट यस प्रकार रहेका छन् ।
सिडीएससीको मेरो शेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login
सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट:https://himalayancapital.com/result












