२५ प्रतिशत बोनश शेयर पारित गर्न नबिल इन्भेष्टमेण्ट बैंकिङद्वारा वार्षिक सभा आह्वान

काठमाडौं । नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले उक्त सभा असोज २४ गते काठमाण्डौको नक्सालमा रहेको सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८१–८२ को लागि प्रस्तावित २५ प्रतिशत बोनश शेयर र १.३१५७८९४७ प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै आर्थिक वर्ष २०८१–८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तको वासलात ,आव २०८१–८२ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका अन्य विवरणहरु माथि छलफल गरी पारित गरिनेछ ।
यस्तै गत आवमा गरिएको स्वतन्त्र सञ्चालकहरुको पुनर्नियुक्ती लगायत सञ्चालक समितिमा भएका परिवर्तहरुलाई अनुमोदन गरिनेछ ।












