प्रधानमन्त्री कार्की र भारतीय समकक्षी मोदीबीच टेलिफोन संवाद

२ आश्विन २०८२, बिहीबार १२:५६

काठमाडौँ । अन्तरिम प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार टेलिफोन वार्ता सम्पन्न भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेर प्रधानमन्त्री कार्कीले भारतीय समकक्षीसँग प्रत्यक्ष टेलिफोन संवाद गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

करीब तीस मिनेटभन्दा बढी चलेको वार्तामा भारतीय प्रधानमन्त्री मोदीले नेपालमा उत्पन्न पछिल्लो राजनीतिक तथा सामाजिक परिस्थितिलाई शान्तिपूर्ण रुपमा व्यवस्थापन गर्न प्रधानमन्त्री कार्कीले देखाएको नेतृत्वको सराहना गरेका थिए। उनले हालैका घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै भारत नेपाल सरकारलाई आवश्यक सहयोगका लागि तत्पर रहेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री कार्कीले पनि भारतीय समकक्षीलाई जन्मदिनको शुभकामना दिँदै दुई देशबीचको आपसी सद्भाव र सहयोगात्मक सम्बन्धलाई अझ मजबुत बनाइने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री मोदीले फोन वार्ताबारे जानकारी दिँदै ट्विटमा लेखेका छन्, ‘अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद मानवीय क्षतिप्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्ति र स्थायित्व पुनर्स्थापना गर्ने उहाँको प्रयासमा भारतको अटल समर्थन रहने कुरा दोहोर्‍याएँ। साथै, भोलि नेपालको राष्ट्रिय दिवसको अवसरमा उहाँ र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेँ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*