बीमा प्राधिकरणमा हाजिर भएकै दोस्रो दिन बीमकका सिईओहरुलाई ओझाले किन डाके ?

२ आश्विन २०८२, बिहीबार १३:००

काठमाडौं । नक्कली कार्ययोग्यता पेश गरेर बर्खास्त भएका नेपाल बीमा प्राधिकरणका अध्यक्ष अदालतको आदेश बमोजिम पुनः बीमा प्राधिकरणमा हाजिरी गर्न पुगेको दोस्रो दिनमा बीमा कम्पनीहका सिईओहरुलाई डाकेका छन् ।

पहिलो दिनमा कार्यालय सकिने समय सकिन लाग्दा हाजिर भएका अध्यक्ष ओझाले आज हाजिरी जनाएको दोस्रो दिनमा सिईओहरुसँग बैठक डाकेको हो ।

यसअघि पनि नेपाल सरकारले नियुक्ति दिँदा बधाई दिन बीमकहरु नआएको भन्दै कुनै सान्दर्भिक बिषयवस्तुमा छलफल गर्ने भन्दै बधाई लिएका ओझाले यो पटक अदालतको आदेशपछि बीमकलाई प्राधिकरणमा बोलाएर पुनः बधाई लिन बसेका प्राधिकरणका एक कर्मचारीेले बीमापोष्टलाई बताएका छन् ।

देउवा दम्पत्तिको आडमा बीमा प्राधिकरणमा नक्कली कार्ययोग्यताको सर्टिर्फिकेट बुझाएर प्राधिकरणमा प्रवेश गरेका अध्यक्षलाई अदालतको आदेश अनुसार यो पटक प्राधिकरणमा प्रवेश गरेका छन् ।
उनले आज निर्जिवन बीमकसँग जेनजी आन्दोलनमा बीमा प्राधिकरणले यसअघि नै बसीसकेको बैठकको बिषयमा पुनः आफूलाई नै बीमकले जानकारी गराओस् भन्ने हेतु र पुन बधाई ग्रहण गर्न राखिएको बैठक भनेर बीमाकर्मीहरुले समेत बुझेका छन् । आज बस्ने भनिएको बैठकको बिषयमा प्राधिकरणमा पटक पटक छलफल भईसकेपनि किन बोलाइएको भन्दै बीमाकर्मीहरु पनि चर्कित भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*