सर्वोच्चमा त्रिपालमुनी सुरु भयो इजलास
२ आश्विन २०८२, बिहीबार १३:३२

काठमाडौं । सर्वोच्च अदालतले त्रिपालमुनी इजलास सञ्चालन गरी काम कारबाही अघि बढाइरहेको छ । जेन–जी आन्दालनकारीहरुले गत भदौ २४ गते सर्वोच्च अदालत जलाएर पुरै संरचना ध्वस्त बनाएपछि त्रिपाल मुनी इजालास सञ्चालन गरेर कारबाही अघि बढाएको हो ।
यस दिन बन्दीप्रत्यक्षीकरणका मुद्दा हेर्न दुई इजलास बसेको सर्वोच्च प्रशासनले जनाएको छ । जलाइएको नौ दिनपछि सर्वोच्च परिसरमै त्रिपालमुनि इजलास बसेको हो । जेन–जी आन्दोलनले तहस–नहस भएको सर्वोच्च अदालतमा कैयो मुद्दा मामिलाका फाइल तथा सरकारी कागजातहरु जलेर नष्ट भएका छन् ।













