शरद ओझालाई हाजिर रोकी काम गर्न नदिन बीमा प्राधिकरणलाई अर्थमन्त्रालयको निर्देशन

२ आश्विन २०८२, बिहीबार १४:५९

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई एक पत्र पठाउँदै शरद ओझा नाम गरेको व्यक्तिलाई अध्यक्षको हैसियतमा काम गर्न नदिन पत्राचार गरेको छ ।

आज मन्त्रालयले बीमा प्राधिकरणलाई पठाएको पत्रमा सर्वोच्च अदालतको अल्पकालिन आदेशमार्फत भदौं ३१ गतेदेखि नेपाल बीमा प्राधिकरणमा अध्यक्षको हैसियतमा काम गर्न पुगेका ओझालाई काम नगराउन पत्राचार गरेको हो ।

अर्थमन्त्रालयले आफूलाई थाहै नदिई आफूले बर्खास्त गरेको व्यक्ति कसरी र कुन कारणबाट हाजिर गराई काम गराइएको हो सो सम्बन्धमा जवाफ पेश गर्न समेत प्राधिकरणलाई निर्देशन दिइएको छ ।

नेपाल सरकार मन्त्रिपरिषदको बैठकले गत भदौं २ गते फर्जी कागजात पेश गरी अध्यक्ष पदमा नियुक्ती खाएको भन्दै पदबाट बर्खास्त गरेको थियो । सो निर्णयका विरुद्धमा ओझाले गत भदौं २३ गते सर्वोच्चबाट अल्पकालिन अन्तरिम आदेश ल्याएका थिए ।

ओझाले बीमा प्राधिकरणलाई बिपक्षी नबनाई अर्थमन्त्रालय र नेपाल सरकारलाई बनाएका थिए । आफूले बिपक्षी बनाएका मध्येबाट आदेश कार्यान्वयन गर्नुपर्नेमा सिधैं बीमा प्राधिकरणमा पुगेर अध्यक्षको हैसियतमा काम गर्न थालेका थिए ।

मन्त्रालयको पत्रसँगै ओझा अब अर्थमन्त्राललयमा अदालतको आदेश तामेल गराएर पत्र लिएर मात्रै बीमा प्राधिकरण पुग्न सक्नेछन् । अन्यथा प्राधिकरणमा बसेर काम गर्न पाउने छैनन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*