हिमालयन बैंकको चाबहिल–२ शाखा स्थानान्तरण, बालुवाटार शाखा आजदेखि सेवा प्रारम्भ

२ आश्विन २०८२, बिहीबार १५:२२

काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना नजिकका शाखा सञ्जालमध्ये चाबहिल–२ शाखालाई स्थानान्तरण गरी आजदेखि एन एल कम्प्लेक्स, काठमाण्डौं महानगरपालिका वडा नं ०२, बालुवाटारमा बालुवाटार शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा संचालनमा ल्याएको छ।

उक्त शाखाको औपचारिक शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणा द्वारा बैंकका उच्चपदस्थ कर्मचारी र अन्य सम्मानित अतिथिहरुको उपस्थितिमा गरिएको थियो।

हाल हिमालयन बैंकले नेपालभर १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ एटिएम र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्र मार्फत ग्राहकहरुलाई विविध बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*