लगानीकर्ता संघले विचौलियाको ट्याग लागेका शरद ओझाकोे राजिनामा सहित अर्थमन्त्रीलाई गराए ध्यानकर्षण

काठमाडौं। पाँच लगानीकर्ता संघले आज बीमा प्राधिकरणका विचौलियाको ट्याग लागेका सरकारले बर्खास्त गरेका अध्यक्ष शरद ओझालाई राजिनामा सहित अर्थमन्त्रीलाई ध्यानकर्षण बुझाएको छ ।
मगलबार अर्थमन्त्रालयलाई कुनै जानकारी नलिई अदालतको पत्रको आधारमा कार्यालय बन्द भएपछि बीमा प्राधिकरणमा पुगेका शरद ओझलाई तत्काल हाजिर नगराउन प्राधिकरणलाई सुझाव दिइसकेको छ ।
सो पश्चात् आज लगानीकर्ताहरुले पनि बीमा प्राधिकरणको राजिनामा सहित अर्थमन्त्रीलाई ध्यानकर्षण बुझाएका छन् ।
लगानीकर्ताहरुको संघले आज अर्थमन्त्री रामेश्वर खनाललाई भेट्दै नेत्तृवहरुको नियुक्ति प्रकृया तथा योग्यताको विवादित रहेको र नियामकिय अपेक्षा अनुसार काबिल नदेदिएकाले ओझालाई राजिनामा गराई तत्काल बीमा प्राधिकरणमा कुनै पनि विचौलियाहरुका एजेन्ट भएको ट्याग नलागेका सक्षम नेत्तृव नियुक्त गर्न आग्रह गरेको छ ।













