बीमा प्राधिकरणका कर्मचारी अध्यक्षको फोटो दिन-दिनै फेर्दैमा दिक्क

२ आश्विन २०८२, बिहीबार १७:०८

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अध्यक्षको रूपमा गत मंगलबार नै शरद ओझा पुगेपछि अर्थमन्त्रालयले उनलाई हाजिर हुन नदिन प्राधिकरणलाई पत्राचार गरेको छ।

मंगलबार साँझ प्राधिकरण पुगेका ओझालाई उनी अघि अर्थमन्त्रायकोे प्रतिनिधिको रुपमा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका सेवन्त पोखरेलको तस्वीर कार्यालयदेखि वेवासाइटमा छिटो राख्न आग्रह गरेका थिए ।

आज बिहान उनको फोटो राख्न नपाँउदै अर्थमन्त्रालयको पत्र आएसँगै पुनः सेवन्त पोखरेलको नै फोटो राख्ने प्राधिकरणले तयारी गरेको छ ।

‘अर्थमन्त्रालयबाट उनलाई हाजिर नगराउनु भन्दै पत्राचार गरेसँगै फोटो के गर्ने भन्ने बिषयमा प्राधिकरणका कर्मचारी अल्मलमा परेका छन् ।

ओझाले प्रर्दशनको कारण परेको क्षति लगायतका विषयमा सिइओहरूसँग छलफल गरेका थिए।

फर्जी कागजात बुझाएर सिइओ भएको भन्दै ओझालाई असार ३० गते निलम्बन र भदौ २ गते सरकारले पदमुक्त गरेको थियो।

ओझालाई पदमुक्त गरेर सरकारले अर्थमन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*