सूचीकृत १० कम्पनीको लाभांश घोषणा, एभरेष्ट बैंकको उच्च, कुनको कति ?

३ आश्विन २०८२, शुक्रबार १२:५५

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत १० कम्पनीहरुले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेका छन् । असोज ३ गतेसम्मको अवधिमा विभिन्न क्षेत्रका सूचीकृत कम्पनीहरुले न्युनतम् ६ प्रतिशतदेखि अधिकतम् २१ प्रतिशतसम्म लाभांश घोषणा गरीसकेका छन् ।

यसपाली लगानीकर्ताहरुको दशैँ पनि त्यति उत्साहित बनाउन पुँजी बजारले साथ नदिएको देखिन्छ । सूचीकृत कम्पनीहरुले घोषणा गरेको लाभांश पनि दशैँपछि मात्रै सम्बन्धित लगानीकर्ताहरुको खातामा आउने छ । यस वर्षको विजयाँ दशमी तथा चाँडवाड पनि जेन–जी आन्दोलनले प्रभावित बनेको शेयर बजारले नराम्ररी डुवाइदिएको अवस्था छ ।

समीक्षा अवधिसम्ममा पाँच वटा बैंक, तीन वटा हाइड्रोपावर, एक वटा इन्भेष्टमेन्ट कम्पनी र नेपाल ल्यूव आयलले हालसम्म लाभांश घोषणा गरेका छन् । जसमा केही कम्पनीहरुले उक्त लाभांश पारित गर्नको लागि वार्षिक साधारण सभा पनि आह्वान गरीसकेका छन् भने केहीले वार्षिक सभाको मिति तय गरेका छैनन् । लाभांश घोषणा गरेका कम्पनीको लाभांश प्राप्त गर्न सकिने बाटो अझै पनि खुल्ला रहेको छ । वार्षिक सधारण सभा तय गरेका कम्पनीहरुले पनि बुकक्लोजको मिति बाँकी नै रहेको छ ।

समीक्षा अवधिसम्मा समग्र रुपमा हेर्दा नेपाल ल्यूव आयलले सबैभन्दा बढी लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीको १.०५३ प्रतिशत नगद र २० प्रतिशत बोनशसहित कुल २०.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

साथै, लाभांश प्रस्ताव गरेका बैंकहरुमा एभरेष्ट बैंक अग्रस्थानमा रहेको छ । बैंकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई १४ प्रतिशत नगद र ६ प्रतिशत बोनशसहित २० प्रतिशत लाभांश घोषणा गरेको छ । मुक्तिनाथ विकास बैंकले ४.६७ प्रतिशत नगद र १३.५३ प्रतिशत बोनशसहित १८.२० प्रतिशत, कामना सेवा विकास बैंकले ५.७९ प्रतिशत नगद र १० प्रतिशत बोनशसहित १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

साथै, सिक्लेस र मिडसोलु हाइड्रोपावरले ०.७८९ प्रतिशत नगद र १५ प्रतिशत बोनशसहित १५.७८९ प्रतिशत, हाथवे इन्भेष्टमेन्टले ०.६३२ प्रतिशत नगद र १२ प्रतिशत बोनशसहित १२.६३२ प्रतिशत, अरुण भ्याली हाइड्रोपावरले कुल ८.४२१ प्रतिशत र माछापुच्छे बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*