जेनजी आन्दोलनको क्षतिबाट प्रभावित भाटभटेनीले कर्मचारीलाई ननिकाल्ने, दसैँमा भत्ता दिने

३ आश्विन २०८२, शुक्रबार १७:२१

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ठूलो क्षति व्यहोरेको भाटभटेनी सुपरस्टोरले आफ्ना कर्मचारीलाई ननिकाल्ने भएको छ। कम्पनीले हाल कार्यरत करिब १० हजार कर्मचारीको रोजगारी सुरक्षित हुने बताएको छ।

गत भदौ २४ गतेको तोडफोड र आगजनीका कारण भाटभटेनीका १२ वटा शाखा तत्काल सञ्चालनमा ल्याउन नसकिने अवस्थामा पुगेका छन्। प्रभावित शाखामध्ये उपत्यकाका नक्साल, महाराजगञ्ज, बौद्ध (चुच्चेपाटी), कोटेश्वर र बालुवाटार तथा उपत्यका बाहिरका पोखरा, चितवन, हेटौँडा, बिर्तामोड, दमक, विराटनगर र धरान पर्दछन्। यी शाखा पुनर्निर्माणपछि मात्र सञ्चालनमा आउनेछन्।

कम्पनीले प्रभावित शाखामा कार्यरत कर्मचारीलाई जागिर नखोसी सञ्चालनमा रहेका अन्य स्टोरहरूमा काम गर्ने व्यवस्था मिलाउने योजना बनाएको छ। साथै, दसैँ पर्वलाई लक्षित गर्दै कर्मचारीलाई भत्ता पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*